२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

उमेश र उषाले जिते टेबल टेनिस प्रतियोगिता


२९ साउन, एडिलेड । नेप्लिज इन एडिलेडद्वारा आयोजित टेबल टेनिस प्रतियोगितामा पुरुष तर्फको खेलमा उमेश बुढाथोकी र महिला तर्फको खेलमा उषा श्रेष्ठ बिजयी भएका छन् । पुरुष तर्फको रोमान्चक फाइनल खेलमा बुढाथोकीले ३-२को सेटमा चिदा चौहान माथी बिजय हासिल गरेका थिए । यस समुहको खेलमा ७२ जना सहभागीले सहभागीता जनाएका थिए ।

महिला तर्फको खेलमा श्रेष्ठले ३-० को सोझो सेटमा रिजोन अधिकारी माथि बिजय हासिल गरेकी थिइन | यसै गरि महिला समुह तर्फ ८ जना सहभागीले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा पुरुष तथा महिला समुह तर्फका प्रथम खेलाडीहरुलाई कप, मेडल तथा ६००-६०० अष्ट्रेलियन डलर तथा दुवै समुहका दोस्रालाई कप, मेडल तथा ४००-४०० अष्ट्रेलियन डलर प्रदान गरिएको थियो ।

नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलद्वारा संचालन गरिएको प्रतियोगितामा अतिथि,सहभागी, दर्शक तथा सहयोगीहरुलाई संस्थापक अध्यक्ष प्रकाश गैर्हेले धन्यवाद ज्ञापन गरेका थिए । दोस्रो संस्करणको रुपमा संचालन गरिएको प्रतियोगितामा एडिलेडका सामाजिक अगुवा तथा खेल प्रेमीहरुको उल्लेखनीय रुपमा उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १४:३९