१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फरवार्ड एलेक्सिस सान्चेजले तोडे इन्टर मिलानसँगको सम्झाैता


२४ साउन, काठमाडाैँ । आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् ।चिलीका स्टार खेलाडी सान्चेजले सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध भएयता १०९ खेलमा २० गोल गरेका छन् ।

३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२-२१ को उपाधी जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्यो ।

इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् । “यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भबिश्यको लागि कामना गर्दछौं” इन्टरले भनेको छ । इन्टरले सिरी ए को नया सिजनको पहिलो खेलमा शनिबार लिससंग खेल्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:२१