१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

टानको नेतृत्वका लागि एमाले र कांग्रेसबीच सहमति, यस्तो छ भागवण्डा


१४ साउन, काठमाडाैँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्व सहमतिमा चुन्नका लागि नेकपा एमाले र नेपाली कांग्रेस निकटका व्यवसायिक संगठनहरू एकै ठाउँमा उभिएका छन । उनीहरूले सहमतिमा नेतृत्व चयनका लागि सोमबार एउटा सहमति पत्रमा हस्ताक्षर नै गरेका छन ।

नेकपा एमाले निकटको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्ण कुँवर र नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महतले सोमबार एक सहमतिपत्रमा हस्ताक्षर गरेका छन । सहमतिमा अन्तिमसम्म सर्वसम्मतिको प्रयाश गरिने र अन्य संगठनका प्रतिनिधि सहमतिमा नआएमा राष्ट्रिय पर्यटन व्यवसायी संगठन र पर्यटन व्यवसायी संघका तर्फबाट संयुक्त उम्मेदवारी दिने बताइएको छ ।

त्यस अवस्थामा अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिव सहितमा संघले उम्मेदवारी दिनेछ भने वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष,  महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहितको कार्यसमितिको बहुमत सदस्यका लागि संगठनका तर्फबाट उम्मेदवारी हुनेछ । यसअघि सिंगल सिंगल हुने अवस्थाका लागि संगठनले अध्यक्षमा राजेन्द्र सापकोटालाई उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरेको थियो ।

टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, बोधराज भण्डारी र कमल सापकोटाले पनि उम्मेदवारी दिने बताउँदै आएका छन । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १७:३३