१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ताे ?


२१ साउन, काठमाडाैं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २१.७८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँमा सिमित रहेको थियो ।

असार मसान्तससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा खुद नाफामा सहयोग पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २८ करोड ८६ लाख २९ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २५.८३ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिसम्मका आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड ६० लख ४२ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष ३६.१२ प्रतिशतले बढेर ५ अर्ब १ करोड १५ हजार रुपैयाँ, निक्षेप संकलन १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ४८ करोड २२ लाख ७७ हजार रुपैयाँ, कर्जा ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख ४६ हजार रुपैयाँ र खराब कर्जा अनुपात ०.७४ प्रतिशत रहेको बैंकको असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ८९.०५ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०८:११