१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनाव घोषणासँगै एमाले प्रवेशको लहर, दुई पूर्व सांसदलाई ओलीले गरे स्वागत (फोटोफिचर)


२० साउन, काठमाडौँ । निर्वाचनको मिति घोषणा भएसँगै पार्टी परिवर्तनको लहर सुरू भएको छ । स्थानीय चुनावमा पार्टी प्रवेशको लहर नै चलाएको एमालेले यसपटक पनि चुनावको मिति घोषणासँगै दुई जना पूर्व सांसदसहित जनता सामाजवादी पार्टीका तीन नेतालाई शुक्रबार एमालेमा स्वागत गरेको छ ।

चुनाव घोषणा भएलगत्तै एमाले प्रवेश गर्नेमा संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी रहेका छन भने अर्का जसपाका नेता स्वेता श्रीवास्तव  रहेकी छिन ।

शुक्रवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन । एमाले उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित र राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जिव झालाई साक्षी राखेर ओलीले जसपाका नेतालाई एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार २२:००