१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अब इसेवाबाट सिधै होटल बुक गर्न मिल्ने


२० साउन, काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ ।

ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । कम्पनीको अनुसार हाल इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । यस्तै, इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेकाे जनाएको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ ।

इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार होटलको सेवा सुरुवात गरेको बताए । कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएको उनले बताए ।

‘भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ,’ उनले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १४:००