२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने, १:१ को अनुपातमा मर्जरमा जाने सम्झौता


१५ साउन, काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा आइतबार दुबै बैंकका प्रतिनिधिले हस्ताक्षर गरेर एक एकप्रति सुरक्षित गरेका छन । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठकबाट भएको निर्णय अनुसार सम्झौतापत्रमा हस्ताक्षर भएको सेञ्चुरी बैंकले जनाएको छ ।

आइतबार अबेर भएको सम्झौतामा प्रभु बैंक र सेञ्चुरी बैंक १स्१ को अनुपातमा मर्जरमा जान तयार भएका छन । सम्झौतामा मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक रहने उल्लेख गरिएको छ ।

सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ रहनेछन भने प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन रहने सम्झौता भएको छ । यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ रहनेछन ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार २३:३५