१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१२ साउन , काठमाडौं ।  सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:०५