१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा


११ साउन, काठमाडाैं । जगदम्बा मोटर्सले भकुन्डेबेसी ७ नमो बुद्धमा नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरिएको जगदम्बा मोर्टसले जनाएको छ ।

“टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैँ प्रयासरत छाैँ । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको हो। टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ,” जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार २१:०७