१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अस्पताल बन्द गर्ने चिकित्सक संघको अान्दोलनमा नेपाली कांग्रेसको समर्थन


१८ भदाै, काठमाडाैँ । अस्पताल बन्द गरेर हड्तालमा उत्रिएका चिकित्स संघको अान्दोलनमा नेपाली कांग्रेसले समर्थन जनाएको छ । सेवा नै ठप्प पारेर अन्दोलानमा उत्रिएका संघ अावद्ध चिकित्सको अान्दोलनमा कांग्रेसले समर्थन जनाएको सभापति शेरबहादुर देउवाले जानकारी दिए ।

चितवनको भरतपुरमा सोमबार बिहान नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सले गरेको अान्दोलनमा समर्थन रहेको भन्दै उनीहरूको माग पूरा हुनुपर्ने बताए । अाफैँ प्रधानमन्त्री भएको समयमा ल्याएकाे एेनका विरूद्धमा देउवाले कदम उठाउने  देखिएको छ ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १०:२४