१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गाैरा पर्वले साँस्कृतिक एकतालाई थप मजवुद बनाएको छः प्रधानमन्त्री अोली


१८ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताउनुभएको छ । बिशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालका विभिन्न भाषा,संस्कृति,भेषभुषा रितिरिवाज, र संस्कारले विविधता बीच नै एकता,आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ०६:३९