१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा


१७ भदाै, काठमाडाैँ ।  नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले अाइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १४:१४