२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

कहिले निर्माण होलान् यी फिल्म ?


३२ असार, काठमाडाैं । बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म ‘बेधडक’को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।

फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन ।

तख्त

निर्माता तथा निर्देशक करण जोहारले सन् २०१८ मा निकै धमाकेदार शैलीमा मल्टीस्टारर फिल्म ‘तख्त’को घोषणा गरे । रणवीर सिंह, आलिया भट्ट, अनिल कपूर, विक्की कौशल, करिना कपुर खान, जाहान्वी कपूरजस्ता मल्टिस्टारको अभिनय रहने भनेर घोषणा भए पनि यो फिल्म कहिले बन्छ भन्ने अझसम्म टुंगो छैन ।

दोस्ताना २

फिल्म ‘दोस्ताना २’ को अवस्था उस्तै छ । कार्तिक आर्यन, कटरीना कैफ र जाह्नवी कपुरको अभिनय रहने भनिएको यो फिल्मबाट कार्तिकले हात झिकेपछि फिल्म निर्माण रोकिएको छ ।

इन्शाल्लाह

सलमान खान र आलिया भट्टको अभिनय रहने भनिएको फिल्म ‘इन्शाल्लाह’ पनि सलमान र निर्देशक सञ्जय लिला भन्सालीकै कारण रोकियो । रोमान्टिक ड्रामाको यो फिल्म ठूलो बजेटमा निर्माण हुने भनिए पनि निर्देशक र अभिनेताबीचको ‘रचनात्मक मतभेद’कारण बन्द भएको छ ।

मिस्टर लेले

अभिनेता वरुण धवनको अभिनय रहने भनिएको फिल्म ‘मिस्टर लेले’ को हालत पनि उस्तै छ । तर, निर्माण पक्षले भने यसलाई निरन्तरता दिने सोच बनाएका छन् । त्यसका लागि उनीहरुले विक्की कौशललाई अभिनय गराउने योजना बनाएका छन् ।

मुन्ना भाई चले अमेरिका

सञ्जय दत्त र अरशद वारसी स्टारर फिल्म ‘मुन्ना भाई चले अमेरिका पर’ पनि निर्माण नभई बन्द भएका छन् । यो फिल्मबारे पछिल्लो अपडेट कही कतै आएको छैन ।

चन्दा मामा दूर का

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘चन्दा मामा दूर का’को पनि निर्माण घोषणा भएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

पानी

अभिनेता सुशान्तकै अभिनय रहने भनिएको फिल्म ‘पानी’ पनि घोषणा पछि बन्द भएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १४:१८