२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

आफ्नै अडानमा टिकेनन् बालेनः फोहोर व्यवस्थापन नभइ माला नलगाउने कसम तोडे


३० असार, काठमाडाैँ । फाेहर व्यवस्थापन भएपछि मात्रै माला लगाउने वाचा (वचन) काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तोडेका छन । बालेनले आफूले फोहोर व्यवस्थापन नभइ मला नलगाउने कसम खाएको भन्दै सपथका दिन समेत माला र अविर बहिष्कार गरेका थिए ।

फाेहाेर व्यवस्थापन ज्युँका त्युँ रहेकै बेला बालेनले बुधबार ज्यापू समुदायले गरेकाे एक कार्यक्रममा फुलमालासहित पाेडियमकाे अघि उभिएर भाषण नै ठोकेका छन । काठमाडाैँको फोहोर व्यवस्थापनमा अझै पनि ठोस काम हुन सकेको छैन । अहिले पनि सहरका चोक र गल्लीमा फोहोरको डंगुर देख्न सकिन्छ ।

यो बालेनले तोडेको पहिलो वाचा भने होइन । नेताहरूले प्रश्नसँग भागे भनेर चर्को आलोचना गर्ने र गीतमा समेत त्यही विषय चित्रित गर्ने बालेन पछिल्लो समय प्रश्नसँगमात्र भागिरहेका छैनन् पत्रकारसँग निहुँ खोजिरहेका हुन्छन ।

बालेनले चुनावी घाेषणापत्रमा फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने भनेका थिए तर बालेनले निर्वाचितपछिकाे आफ्नाे पहिलाे नीति तथा कार्यक्रममा फुटपाथ व्यवसायलाई निषेध गर्ने घोषणा नै गरे । यद्यपी सार्जनिक रूपमा आलोचना भएपछि उनी पछि हटे । 

यस्तै र्यापर अनिल अधिकारी (यमबुद्ध)को शालिक बनाउन १५ लाख रूपैयाँ बिनियोजन त गरे तर उक्त निर्णयमा २४ घण्टा पनि टिक्न सकेनन् बालेन । बालेनले सार्वजनिक रूपमा चर्को बिरोध भएपछि अाफ्नो तलबबाट यमबुद्धको शालिक निर्माण गर्ने घोषणा गरेका थिए ।

त्यस्तै पछिल्लो समय बालेनले प्रहरीले निगरानीमा राखेको र सरकारले २०७५ चैतमा प्रतिबन्ध लगाएकाे पब्जिजस्ता खेल खेलाउनका लागि भनेर इस्पोर्टका नाममा एक करोड रूपैयाँ बजेट बिनियोजन गरेका छन । त्यसको पनि चर्को बिरोध भैरहेको छ । रूटिन अफ नेपाल बन्द भन्ने फेसबुक अभियानसँग जोडेर सामाजिक सञ्जालमा यसको पनि चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १७:१६