१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता


२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने समझदारी भएको छ । असार २९ गते बिहानको ९ः०० बजे मेरियट होटल, नक्साल, काठमाडौँमा एक समारोहका बिच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन ।

दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ११:५९