२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सबै सूचकांकमा अग्रणी स्थान कायमै राख्ने नबिल बैंकको लक्ष्य


२८ असार, काठमाडाैँ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । ‘क’ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो ।

यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । बैंक ठूलो भएसँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १०:०२