२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

तरलता अनुपात कायम गर्न नसकेका सात वाणिज्य बैंक कारबाहीमा


२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले तरलता (लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) अनुपात कायम गर्न नसकेका सात वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले सात वटा वाणिज्य बैंकलाई क्यापीटल चार्ज गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार कारबाही पर्नेमा प्राइम, एसबीआई, कुमारी, लक्ष्मी, सिद्धार्थ, सेञ्चुरी र सनराइज बैंक रहेका छन् । चैत मसान्तमा तरलता अनुपात कायम गर्न नसकेका बैंकहरुलाई राष्ट्र बैंकले क्यापिटल चार्ज गर्न लागेको हो ।

यसमा सबैभन्दा कम तरलता अनुपात कायम रहेको प्राइम बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यसको तरलता अनुपात १५.९१ प्रतिशत रहेको छ ।

यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत, कुमारी बैंकको १८.२३ प्रतिशत, लक्ष्मीको १८.८७ प्रतिशत, सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ । चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको ऐन अनुसार बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ख्याल गरेर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १३:५०