२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

२७ असार, काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशसभाकी सदस्य पियारी थापाले आफ्नो बिबाहमा स्थापना गरेको कोषमा राज्यकोषको ६० लाख रूपैयाँ हालेपछि उनको चर्को आलोचना भैरहेको छ । हुनत् सत्ताको खेलमा लागेर करोडौँ रकममा बिक्री भएको भनेर उनीमाथि यसअघि नै आरोप लागेको थियो ।

यद्यपी उक्त आरोपको उनले अहिलेसम्म सार्वजनिक रूपमा खण्डन गरेकी छैनन् । बरू जनमोर्चाकै अर्का एक इमान्दार सांसदमाथि पार्टीभित्रैबाट कारबाहीको डण्डा चलाइन ।

अहिले उनले बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको गाउँमैत्री अक्षकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गराइन । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा अक्षकोषका लागि उक्त बजेट विनियोजन गरेको हो ।

प्रदेश संसाद पियारी थापा र हेमराज आश्रमले बिबाहमा स्थापना गरेको उक्ता कोषमा सरकारी बजेट हालेका हुन । सांसद पियारीले आफ्नै पहलमा अहिलेसम्म १ करोड २० लाख रूपैयाँमा राज्यको पैसा उक्त कोषमा हालेकी छिन । उक्तको कोषको अध्यक्ष पियारीका श्रीमान हेमराज अध्यक्ष रहेका छन भने पियारी आफैँ संरक्षक रहेकी छिन ।

सामाजिक सञ्चालमा अहिले पियारी र जनमोर्चाको चर्को आलोचना भैरहेको छ । यद्यपी यस विययमा पियारीले मुख खोल्न चाहेकी छैनन् ।

पियारी र जनमोर्चा दुबै चुपाचाप रहेको बेलामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले सोमबार सामाजिक सञ्जाल मार्फत राज्यको पैसा व्यक्तिको कोषमा लगेर हालेको विषयमा बोल्न पियारीलाई अनुरोध गरेका छन । पोलिटब्यूरो सदस्य थापाले ‘बोल पियारी बोल १’ शीर्षकमा राज्य स्रोतको दुरूपयोग गरेर चुपाचप किन हो भन्ने प्रश्न समेत गरेका छन ।

थापाको टिप्पणी यस्तो छ
बाेल पियारी बाेल !
गण्डकी प्रदेश सरकारबाट बर्षेनी बजेट प्राप्त गर्दै कराेडाैं रकम एक दम्पतीकाे निजी अक्षय काेषका रूपमा स्थापना गरेकाे काेषमा लिन सफल राष्ट्रिय जनमाेर्चाकी सभासद् पियारी थापा र उनका पति हेमराज आश्रम किन माैन छन् ?

पति अध्यक्ष, पत्नी संरक्षक, अनि प्रदेश सरकारबाट नियमित बजेट बिनियाेजन, यस्ताे काइदा र फाइदा अन्यत्र कहींकतै हाेला! आफ्नी पत्नी दुर्गादेवीसहित जनमाेर्चाका सांसदहरूकाे उच्च प्रशंसामा लामालामा लेख लेख्ने मोहनविक्रमजीलाई पियारी प्रकरण थाहा भयाे कि भएन ?

सत्ता समीकरणकाे खेलमा यसरी कराेडाैं रकम हत्याउनेहरूलाई अझै कति दिन बेदागकाे ‘ट्याग’ लगाएर प्रशंसा गरिरहने हाे ? मोहन-चित्र गुटमा आँखा चिम्लेर लागेपछि यस्ताे अपराध सबै क्षम्य र माफी मिनाहा हुन्छ ?
सत्यतथ्य कुरा खोल !!

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १२:४२