२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

केपी ओलीले ड्राफ्ट गरेको भनिएको वैशाख ११ को ज्ञानेन्द्रको शाही घोषणामा के थियो ?


२५ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन राजा ज्ञानेन्द्रको शाही घोषणा दलका नेताहरूले ड्राफ्ट गरेको खुलासा गरेपछि धेरैले आश्चर्य मानेका छन । हामीले भने त्यो शाही घोषणामा के थियो त भनेर त्यतिखेरको राजपत्र खोजेर यहाँ प्रस्तुत गरेका छौँ ।

ओलीले शुक्रबार भनेका थिए, ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय स्वीकृतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो, पार्टी अफिसको चौरमा एउटा रुद्राक्षको छेवैको चौरमा बसेर मैले गरेको थिएँ । त्यसले २ वटा कुरा गरेको थियो । मैले भंग गरेको संसद पुनःस्थापना गर्दिएको छु, दलीय व्यवस्था फर्काइदिएको छु, जनताको नासो जनतामा फर्काएको छु भनेर भन्या थे अथवा विघटित संसदको पुनःस्थापना भएको थियो, त्यति न हो १ त्यसकारण माओवादीको उद्देश्य अर्कै थियो । सटकट बाटोबाट सत्तामा पुग्ने, अस्थिरता सिर्जना गर्ने, देशको होइन अरुको भलाई गर्ने के–के उदेश्य थिए, ती उनीहरू भन्न सक्दैनन् ।’

सो संसद नेपाली कांग्रेसका वर्तमान सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्रले विघटन गरेका थिए ।

के थियो त शाही घोषणामा

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
राष्ट्रको नाममा बक्सेको शाही घोषणा

प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम् गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठवन्धन-को मार्ग चित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द लगायत समग्र समस्याहरूको समाधान गर्न, तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५६ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौं । बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अधि वढाउने जिम्मेवारी बहन खण्ड ५६ अतिरिक्ताङ्क ४ नेपाल राजपत्र भाग १ मिति २०६३।१।११ गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आव्हान गर्दछौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते शुक्रबार दिनको  १ बजे संसदभवन, सिंहदरबारमा बस्ने गरी आव्हान गरिबक्सेका- छौँ ।

नेपाल र नेपालीको बृहत्तरहित यो संसदबाट हुनेछ भन्ने हामी-लाई विश्वास छ ।

जन आन्दोलनमा जीवन गुमाएका प्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पुर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन

जय नेपाल !

हुकुम बक्सेबमोजिम,
मी.सु. पशुपतिभक्त महर्जन
श्री ५ महाराजाधिराजका मुख्य प्रमुख सचिव

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १०:२६