२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


२४ असार, काठमाडाैँ । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।

यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १०:२५