१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अागलागीबाट दर्जनाै घर नष्ट, अागाे नियन्त्रण नहुदा बस्ती जाेखीममा


२३ फागुन, धनकुटा । धनकुटामा जलकन्या सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्केपछि चार घर तथा पाँच गोठ नष्ट भएका छन् ।

जलकन्या सामुदायिक वनमा मंगलबार अपराह्नदेखि लागेको आगो हावाहुरीका कारण वस्तीतर्फ पसेपछि ती घरगोठ नष्ट भएका हुन् ।

आगलागीबाट घर, गोठ र चौपाया एवं अन्नपात जलेर करिब रु ४५ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए ।

सो क्षेत्रमा सडकको पहुँच नभएर धनकुटा नगरपालिकाको बारुणयन्त्र पुग्न नसक्दा आगो नियन्त्रण गर्न नसकिएको जनाइएको छ ।
हालसम्म पनि आगो नियन्त्रणमा लिन नसकेकाले सो क्षेत्रका दर्जनाै घर जोखिममा रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १९:२१