१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै अोमनसँग ७ विकेटले पराजित


१३ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै नेपाल पराजित हुनपुगेको छ । बुधबार मलेसियामा भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले पराजित गर्यो । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले ।

बलिङतर्फ नेपालका कप्तान पारस खड्काले एक विकेट लिए । सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट लिन सकेनन् ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले ।

दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए । पाँच बल बाँकी छँदा सागर ८३ रनमा रनआउट भए । ८४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हाने । करण केसीले मात्र १० बलमा २६ रन बनाउँदा भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १७:१५