१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बामदेवको पार्टीमा श्रीमति, छोरा र पिए पनि केन्द्रीय कमिटीमा


१४ असार, काठमाडाैँ । नेकपा एमाले विभाजनपछि चुपचाप बसेका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले घोषणा गरेको नयाँ पार्टीमा श्रीमति, छोरा र पिए पनि केन्द्रीय कमिटीमा देखिएका छन । केन्द्रीय कमिटीको भनेर सार्वजनिक भएको सूचीमा ६ नम्बरसम्ममा तीन नामहरू समावेश भएका छन ।

१ नम्बरमा बामदेव गाैतम, २ नमम्बरमा उनकी पत्नी तुलसा थापा, ५ नम्बरमा छोरा हरिषदेव गाैतम र ६ नम्बरमा पिए दिपकुमार टमाटाको नाम समावेश गरिएको छ । गाैतमले केहीबेरमा औपचारिक रुपमा नयाँ पार्टी घोषणा गर्दैछन । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) राखेका छन । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १२:०६