१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बामदेव गाैतमको नयाँ पार्टी घोषणा, कमिटीमा रमेश खरेलदेखि डिबी कार्कीसम्म (सूचीसहित)


१४ असार, काठमाडाैँ । नेकपा एमाले विभाजनपछि चुपचाप बसेका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले छुट्टै नयाँ पार्टीको घोषणा गर्ने भएका छन । उनले आज औपचारिक रुपमै पार्टी घोषणा गर्न लागेका छन ।

गाैतमले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी पार्टीको बारेमा जानकारी दिने तयारी गरेका छन । ललितपुरको सिद्धार्थ कटेजमा केहीदिन अघि भएको गाैतम निकटहरूको भेलाले पार्टी घोषणा गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

र्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) नाम राखेर बामदेवले राजनीतिक गतिबिधि अघि बढाउने निर्णय गरेका हुन । ६९ जनाको केन्द्रीय समितिमा डा रमेश खरेलदेखि डिबी कार्कीसम्म रहेका छन । बामदेवको कमिटीमा श्रीमति, छोरा र पिए पनि केन्द्रीय सदस्य रहेका छन ।

पार्टीका केन्द्रीय कमिटीका रहनेहरूको प्रारम्भिक सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार ११:३४