१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ


२३ फागुन, नुवाकोट । नुवाकोटमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेको छ । लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १७:३२