१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

“होण्डा मनसुन एक्सचेन्ज”उपहार योजना सार्वजनिक


६ असार, काठमाडाैं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा मनसुन एक्सचेन्ज” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजार सम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हातपार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनिव्यवस्था रहेको कम्पनीले जनाएको छ ।

योजना २०७९असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजनाअन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन् । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १८:३०