१३ असार २०७९, सोमबार | Tue Jun 28 2022

यै त हाे नाफा

~डा. विदुर चालिसे

–“सारङ्गी र्याईंर्याईं, भयाे जीवन तिरिमिरी झ्याईं !”

–“पख ! पख !! देशकाे विकासले हाम्राे दुख नास हुन्छ रे !”

मतवाली तर तरुनी मजदुरहरू दुख र सपना साटिरहेका थिए । उनीहरूसँग बाँडचुँड गर्ने कुरा याे बाहेक अरू के नै पाे थियाे र ? भट्टा वालाकाे पाेज र पहिरनसँग उनीहरू खुब परिचित नै थिए । उनीहरूकाे लाेभ कहिलेकाँही ज्यालामा थपथाप पाउनु भन्दा उसकाे व्यक्तित्वले उनीहरूलाई लाेभ्याउँथ्याे ।

एकदिन पजेराेमा सवार उद्याेगपतिलाई फाेहाेरी धूवाँ र धुलाेकाे साथमा रमाइरहेकाे भुन्टीले खुब दिलचस्प दिएर हेरी । गुडिरहेकाे त्याे पजेराे भित्रबाट एकजना बालक झ्यालबाट चिहाइरहेकाे थियाे । उसलाई देख्ना साथ भुन्टीले आफ्नाे बच्चाकाे फुस्रै अनुहार हेरी । दिक्क भई अनि पजेराे भित्रकाे बच्चालाई साेधी ।

–“बाबू ! मम्मी कहाँ हुनुहुन्छ ?”

–“रेष्टुरेण्टमा !” रेष्टुरेण्ट शब्दकाे हावा सुन्नासाथ उसले आत्तिएर आफ्नाे जिब्राे काढी र टाउकाे लल्याकलुलुक पारेर थरर कमाई। उसभित्रकाे अचम्मकाे अर्काे याैन रागकाे प्रश्न निस्केपछि उसले बच्चालाई साेधी ।

–“अनि के गर्दै हुनुहुन्छ रेष्टुरेण्टमा !”

–“डान्स गर्दै !” आइमाईले रेष्टुरेण्टमा डान्स गर्ने कुरा सुनेर लजाई । मुन्टाे तल झारेर ईटालाई टाउकाेमा हाली अनि सम्झी ।

–“मेराे पनि लाेग्ने, खाडीमा डान्स गर्दै हाेला !” उसकाे मन कुटुक्क नै कुँडियाे । आउँदै गरेकाे उद्याेगपतिलाई उसले पुलुक्क हेरि, लजाई पनि र मुसुक्क हाँसिदिएर उसलाई नजर कर्काई ।

–“तेराे छाेराे खाेई त !”
भुन्टीले मुख छाेपेर खित्का छाेडी ! याैवनकाे ताेडमा खै कति हाे मर्यादा पनि बिर्सेर आवेगमा भनिदिई ।

–“उता हेर्नू त गाडीमा !”
नाजवाफ उद्याेगपति राताेपिराे भयाे । उसले मन मनै सम्झ्याे ।

–“उम्लेकी काली ! मनकाे आगाे खन्याइ राख मलाई !”
पजेराे भित्रबाट बच्चाले माेवाइलबाट उसकाे मम्मीलाई सूचना गरिरहेकाे थियाे ।

–“भट्टाकाे आन्टीले भनेकाे, म त उसैकाे छाेराे रे !”
साैखले नाचिरहेकी उसकी मम्मी एकछिन बाेल्न सकिन तर पछि उसले सम्झी ।

–“यै त हाे नाफा !”

प्रकाशित मिति : ६ असार २०७९, सोमबार ०९:१०