१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले अध्यक्ष ओलीसँग भेट्न गृह र कानूनमन्त्री बालकोटमा


३ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ओलीसँग छलफल गर्न उनिहरू बालकोट पुगेका हुन् ।

संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न गएको कानूनमन्त्री निकट स्रोतले जनाएको छ । नागरिकता र सक्रमणकालीन न्याय विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेकाे बताइएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:३३