२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेपाल इन्जिनियरिङ कलेजमा पाँचदिने खेलकुद सप्ताह सुरु


२९ जेठ, काठमाडाैँ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७९ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तहमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएका छन् ।

सप्ताहको उदघाटन चर्चित राष्ट्रिय धावक वैठक मानन्धरले गरेका छन् । उदघाटन कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे ।

खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केकवललगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद् सप्ताह २०७९ का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी हुन्छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्योत्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार २ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार २१:४१