१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुर्इको मृत्यु, ११ घाइते


११ भदाै, काठमाडाैँ । अमेरिकाको फ्लोरिडामा गोलाबारीमा परी दुर्इ जनाको मृत्यु भएको छ । फ्लोरिडाको ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेको बीबीसीले जनाएको छ । घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोरमा रोक लगाएको छ । प्रहरीले घटनास्थलमा केही फसेका र उनीहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०८:४७