२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

जिल्ला समन्वय समिति कास्कीमा एमाले, प्रमुखमा लिलाधर पौडेल र उपप्रमुखमा सरिता माल


२० जेठ, पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानलनै विजयी भएको छ । जिल्ला समन्वय समिति कास्कीको आज सम्पन्न निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको हो । एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यका अनुसार समन्वय समितिको प्रमुखमा एमालेका लिलाधर पौडेल विजयी भएका छन ।

त्यस्तै उपप्रमुखमा एमलेकै सरिता माल विजयी भएकी छिन । सदस्यहरूमा सीता देवी वि.क., हर्क बहादुर गुरुङ, राजु अधिकारी, गणेश बहादुर घर्ति, वालिका सुवेदी, लक्ष्मी दमै, सुकमाया नेपाली विजयी भएका छन । कास्कीमा जिल्ला समन्वय समितिका लागि १० मत रहेकोमा एमालेको ६ र गठबन्धनको जम्मा ४ मत रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १४:२४