२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

समाजवादीका नेता राजन गोलोसहितको अन्त्येष्टि, झलनाथले दिए अन्तिम श्रद्धाञ्जली


१९ जेठ, काठमाडाैँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।

सो दुर्घटनामा नेकपा एकीकृत समाजवादी नेतासहित धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । समाजवादीका नेता राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

बिहीबार अन्त्येष्टिअघि स्वयम्भूमा पुगेर समाजवादीका सम्मानित नेता झलनाथ खनालले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । गोलेसहितका दुइ जनाको पार्थिव शरिरमा खनालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्ति गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १४:३८