१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

भारतबाट फेरि बढेर आयाे इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढ्याे


१८ जेठ, काठमाडाैं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ ।

त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले हाल आईओसीलाई पुरानो करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार २०:२४