१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी


१८ जेठ, काठमाडौँ । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन । बैंकको प्रमुख कर्जा अधिकृत रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकका कम्पनी सचिव हिराकाजी बस्नेतले जानकारी दिए ।

सञ्चालक समितिले निर्णय अनुसार नयाँ नियुक्ति आजदेखि लागू भएको छ । नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंकमा गरी कुल २१ वर्षको अनुभव लिएका छन ।

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सचिनजङ्ग रायमाझी ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ११:३१