२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अन्तर्घातीलाई एमालेको कारबाहीः कालोमोसो, जुत्ताको माला र गालामा चड्कन (भिडियो)


१६ जेठ, काठमाडौँ । नेकपा एमालेका स्थानीय कमिटीहरूले अन्तरघात गरेको आरोपमा आफ्ना नेता कार्यकर्तामाथि कारबाही सुरू गरेको छ । केहीदिनअघि रामेछापमा नगरकमिटीका सचिव कारबाहीमा परेका थिए । आज सोलुखुम्बुमा एमालेका कार्यकर्ताले आफ्नै मतबाट निर्वाचित भएका दुइ जना वडा सदस्यमाथि निर्मम भौतिक कारबाही गरेका छन ।

सोलुखुम्बुको सोताङ गाउँ कमिटीले गाउँ कार्यपालिकाको बैठकमा अन्तरघात गरेका दुई वडासदस्यलाई कारबाही गरेका हुन । उनीहरूले अनुहारमा कालोमोसो, घाँटीमा जुत्ताको माला र गालामा चड्कन हानेर कारबाही गरेका छन । जसको भिडियो सामाजिक सञ्जलमा व्यवाप्त बनेको छ ।

एमालेबाट विजयी सोताङ गाउँपालिका वडा नम्बर ४ का सन्देश तामाङ र वडा नम्बर २ का दुर्गाप्रसाद राईमाथि कांग्रेससँग बिक्री भएको आरोप लगाएर एमालेले कारबाही गरेको हो । उनीहरू २५ हजारमा बिक्री भएको भन्दै भिडियोमा गाली गरेको सुन्न नै सकिन्छ । एमालेले कारबाहीका सम्बन्धमा विज्ञप्ति पनि जारी गरेको छ ।

पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए । कारबाहीमा पर्नेहरुलाई कांग्रेसका उत्तमप्रसाद नाछिरीङले पच्चीस हजार दिने र गरी ५ हजार अग्रीम दिएको दाबी गरिएको छ । त्यसअघि कांग्रेस नेता कृष्ण तामाङले कांग्रेसलाई मत नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचनपछि लाखौं रकम दिने प्रलोभनमा पारेको कारबाहीमा परेकाहरूले बताएका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार २२:१०