१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफ्नै सल्लाहकारबाट एक्लिदै ट्रम्प, मुख्य आर्थिक सल्लाहकारले दिए राजीनामा


२३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले पदबाट राजीनामा दिएका छन् । ट्रम्पका मुख्य आर्थिक सल्लाहकारमध्येका एक मानिने ग्यारी कोन ट्रम्प प्रशासनले गरेको कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार हुन ।

बीबीसीले कोनको राजीनामालाई ट्रम्पको समूहबाट एकपछि अर्का व्यक्तिहरु बाहिरिने क्रमको सिलसिला भएको जनाएको छ । यसअघि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिन पनि राजीनामा दिएर बाहिरिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ११:०२