२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिन्धुलीका सिडिओ र एसपी नै गठबन्धनका कार्यकर्ता हुन खोजेपछि…


१४ जेठ, सिन्धुली । बैशाख १५ गते विहीबार राती सिन्धुलीको दुधौली नगरपालिका २ भलुवाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता विच चुनावी प्रचार अभियानका क्रममा भएको झडप र त्यस पछिको छानमिन तथा दोषिलाई कारवाही गर्ने प्रक्रियामा सत्ता पक्षले सिडिओ तथा प्रहरीको आडमा सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेर घटनामा संलग्न नै नभएकालाई सार्वजनिक मुद्धा लगाउने प्रयास गरिरहेको र चुनावि अभियानका क्रममा भएको सामान्य झडपलाई मिल्न नदिएर राजनीतिक बातावरण थप खल्बल्याउने र दलहरु विचमा तिक्तता र आक्रोसको बातावरण बढाउने ढंगले गतिविधिहरु गरिरहेको पाईएको छ ।

के भएको थियो घटना ?

बैशाख १६ गते राती नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता विच दुवैको सम्पर्क कार्यालयमा वसिरहेकै अवस्थामा झडपको स्थिति निर्माण भएको थियो । नेपाली कांग्रेसका दुधौली नगरपालिका २ का वडा अध्यक्षका उम्मेदबार जित बहादुर भुजेलले निर्वाचन प्रयोजनमा प्रयोग गरेको गाडिको हेडलाईट बालेर नेकपा एमालेको सम्पर्क कार्यालयमा अवरोध पुग्ने गरि २०÷२५ मिनेट सम्म राखिएपछि हेडलाईट बन्द गर्न अनुरोध गरेका एमाले कार्यकर्तालाई टाउकोमा प्रहार गरेपछि घटना सुरु भएको थियो ।

धेरै संख्यामा रहेका एमाले कार्यकर्ताहरुले थोरै संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरुमाथि प्रतिकार गरेपछि कांग्रेस कार्यकर्ताहरु भागेका थिए । त्यसपछि लाईट बालिएको गाडि लगायत अन्य सवारी साधन मोटरसाईकल समेतमा एमाले कार्यकर्ताले आगजनी गरेर घटना घटेको थियो । घटनामा मानवीय क्षति कम र सवारी धानमा बढि पुगेको देखिएको छ । घटनामा घाइतेहरु सामान्य उपचार पछि घर फर्कि सकेका छन् भने घटना स्थलमा तोडफोड भएको भनिएका सवारी साधन अहिले पनि यथास्थितमै राखिएका छन् । कतिपय थोत्रा मोटरसाईकल ग्यारेजबाट ल्याएर राखिएको एमालेको आरोप छ ।

घटना पछि नेपाली कांग्रेस सर्मथित पिडित भनिएका व्यक्तिको किटानी जाहेरी र प्रहरीको प्रतिवेदनको आधारमा दर्जनौ एमाले कार्यकर्तामाथि पक्राउ पुर्जि जारि गरिएको थियो । एमाले दुधौली २ का उम्मेदबार रितेश राउत, स्थानीय नेता तथा उम्मेदबारका ससुरा खेटराज अधिकारी घटनामा संलग्न नभए पनि उनिहरुलाई पनि सार्वजनिक मुद्धा लगाउने र उनिहरुको राजनीतिक जीवन समाप्त पार्न दुई दिन भएपनि उनिहरुलाई थुन्न कांग्रेस कार्यकर्ताले सिन्धुलीका सिडिओ रमेश न्यौपाने र प्रहरी प्रमुख विमल राज कडेल सँग माग राखेपछि घटनामा संलग्न नै नभएका दुई राजनीतिक व्यक्तिलाई अपराधिको रुपमा फसाउने गठबन्धन र प्रहरी तथा सिडिओ समेतको गलत नियतका कारण घटना सामाधान तर्फ जान नसकेको देखिन्छ ।

घटना पछि इलाका प्रहरी कार्यालय डकाहाले दिएको प्रतिवेदनमा उम्मेदबार रितेश राउत र उनका ससुरा अधिकारी घटना स्थलमा नभएको उल्लेख गरिए पनि अहिले नेपाली कांग्रेस र गठबन्धन दलको दुई दिन भएपछि रितेश राउत र खेटराज अधिकारीलाई प्रहरी कार्यालयमा थुन्ने गलत मानसिकताका कारण घटना लम्बिदै र थप दुर्घटना तिर गईरहेको देखिन्छ ।

घटनामा संलग्न भएर प्रहरीले पक्राउ गरेका तथा पक्राउ पुर्जि जारि भएका धेरै जनाले नियमानुसार धरौटि राखेर रिहा भईरहेको, घटनामा भएको क्षतिपूर्ति तिर्न एमाले दुधौली तयार रहेको भएपनि हाल निर्वाचित भईसकेका वडा अध्यक्ष राउत र उनका ससुरालाई एक दिन प्रहरी कार्यलयमा थुन्ने मानसिकताकै कारण घटना मिल्न सकेको छैन र सिन्धुलीका प्रहरी प्रमुख एसपि र सिडिओ गठबन्धन दलहरुको दवावमा घटनामा संलग्न नै नभएका अधिकारी र राउत लाई पक्राउ गर्न जर्वजस्ती गरिरहेको देखिएको छ ।

घटनाको भित्रि पाटो

बाहिरबाट हेर्दा घटनाको वास्तविक रुप यति नै हो । तर घटनाको योजना र विकासक्रम फरक खाल्को रहेको छ । घटनाको आवरणमा कांग्रेस र एमालेको जस्तो देखिएपनि घटना माओवादी र एमालेको विचमा भएको द्धन्द्ध र दुरगामी प्रभावको देखिन्छ । दुधौली २ मा आवरणमा कांग्रेस देखिएपनि पर्दा पछाडि घटना घट्नु र घटना हाल सम्म पनि मिल्न नसक्नुका पछाडि माओवादीको हात रहेको छ । दुई दिन मात्रै भएपनि एमालेका निर्वाचित वडा अध्यक्षलाई थुन्नैपर्ने माग पनि माओवादीको हो तर फिल्डमा बोल्दीने मात्रै कांग्रेस देखिन्छन ।

कांग्रेस जिल्ला नेतृत्व यो घटना तत्काल मिलाउन चाहन्छ तर दुधौली २ का आफ्नै कार्यकर्ता आफ्नो नियन्त्रणमा छैनन जसको उदाहरण कांग्रेस केन्द्रिय सदस्य श्याम घिमिरेलाई दुधौली २ मै आफ्नै कार्यकर्ताले कालोमसो दलेर गोवर खुवाएर पुष्टि गरिसकेका छन् । यो घटना पनि माओवादीकै निर्देशनमा भएको प्रष्ट देखिन्छ । जिल्लामा नेपाली कांग्रेसको प्रभावशाली नेता, प्रधानमन्त्री शेरबहादुर देउवा सँग सिधै सम्पर्क स्थापित भएका घिमिरेको राजनीतिमा धक्का लागउन माओवादी नेताको निर्देशनमा घिमिरे माथि अमानवीय घटना भएको हो । यसको अझ भित्रि पाटो फरक र लामो छ ।

किन घट्यो घटना ?

कांग्रेस र माओवादी गठबन्धनका माओवादी उम्मेदबार सँग दुधौलीमा एक्लै लडेको एमालेले मेयरमा केहि कांग्रेसको भोट प्राप्त गर्ने योजना बनाउदै थियो । यो कुराको सुईको पाएका माओवादी नेताहरुले एमाले र कांग्रेस विच दुरी नबडाउने हो भने कांग्रेसको मतमा एमालेले दुधौलीको मेयर पद जित्न सक्ने त्रासका कारण दुधौली २ मा एमाले र कांग्रेसका विचमा सुनियोति ढंगले नै झडपको बातावरण तयार पारिएको देखिन्छ ।

झडप हुनु भन्दा अघिल्ला दिनहरुमा एमालेको प्रचारमा हिडेका युवाहरुको घरमा गएर छोरोको माया छ भने एमालेको प्रचारमा हिड्न रोक्नु भनेर बाउ आमा र परिवारलाई दवाव दिने काम समेत गरिएको भलुवाहीका स्थानीयतहरुले घटना घटेपछि बताएका छन् । यसको मुख्य उद्देश्य भनेको एमाले सँग झडप गर्ने बातावरण बनाउने नै हो भन्ने बुझ्न गाह्रो छैन ।

घटनाकै दिन राती आठ ९ बजेको समयमा पनि विभिन्न स्थानमा एमालेका कार्यकर्ताहरुको मोटरसाईकल तथा प्रचारको गाडिलाई पिछा गर्ने, प्रचारको गाडिको अगाडि पछाडी मोटरसाईकलले पिछा गरेर त्रसित बनाउने, एमालेका सामान्य कार्यकर्तालाई भेटेमा घेर्ने जस्ता उत्तेजित बनाउने गतिविधिहरु नेपाली कांग्रेस सर्मथितहरुको तर्फबाट भएको पाईएको छ ।

यि घटनाक्रम हेर्दा झडप दुधौली २ मा नै किन भन्ने विषय आउन पनि सक्छ । यसका पछाडि पनि प्रष्ट रुपमा दुईवटा बलिया कारण छन् । पहिलो त दुधौलीका पहाडी क्षेत्रमा कांग्रेस बलियो छ त्यसैले पहाडी क्षेत्रमा कांग्रेस सँग एमाले मित्रबत भयो भने माओवादी मेयरलाई हार्न पुग्ने गरि कांग्रेसको मत एमालेमा जान सक्ने भएकाले त्यो रोक्न घटना पहाडमै घटाउने योजना बनाईएको देखिन्छ ।

तल्लो क्षेत्रमा माओवादी मेयर उम्मेदबार दनुवार समुदायको भएकाले दनुवार एकताको नारा लगाउदा नै एमालेको भन्दा बढि भोट प्रप्त हुने स्थिति निर्माण भएपनि तल्लो क्षेत्रमा लगाईएको दनुवार एकताको नाराले माख्लो क्षेत्रमा पहाडीया एकताको स्थिति नओस र त्यसमा कांग्रेस सहयोगि नबनोस् भनेर नै घटना पहाडी क्षेत्रको धेरै मत भएको स्थानमा घटनाउन योजना निर्माण गरेको देखिन्छ ।

अर्को दुधौली २ का कांग्रेस उम्मेदबार जित बहादुर भुजेल माओवादी पृष्ठभूमिकै व्यक्ति हुन । उनलाई नेपाली कांग्रेसले टिकट नदिएको भए माओवादीले टिकट दिने तयारी गरेको थियो उनको परिवारका अन्य नातागोता सबै अहिले पनि माओवादीमै छन् । त्यसैले उनलाई प्रयोग गर्दा कांग्रेसको घेरा नाघेर पनि घटनालाई थप जटिल बनाउन सकिने भएकाले र माओवादी निर्देशन अनुसार नै उनि अगाडि बडेका कारणले दुधौली २ मै घटना घटाईएको देखिन्छ । जुन कुरा घटना घटि सकेपछिका घटनाक्रमहरुले पुष्टि नै गरिसकेको छ ।

कांग्रेस केन्द्रिय सदस्य देखि जिल्ला नेताहरु समेत घटनाको क्षतिपूर्ति लिएर मिलाउनुपर्ने पक्षमा रहेपनि कांग्रेसका वडा अध्यक्ष उम्मेदबार भने जसरी पनि घटनामा संलग्न नै नभएका व्यक्तिलाई एक रात भनेपनि थुनाउनु पर्ने अनौठो माग राखेर घटना मिल्न नदिन सक्रिय छन् र प्रहरीमा दवाव सृजना गरेर जसरी पनि वडा अध्यक्षलाई थुनाउन प्रहरी प्रशासन सिडिओकोमा दवाव दिनेमा कांग्रेस जिल्ला नेता भन्दा माओवादी जिल्ला इन्चार्ज राजन दाहालको सक्रियता बढि छ ।

प्रहरी प्रशासनको संकास्पद भूमिका
जिल्ला हाकिरहेका सिडिओ, सुरक्षाको जिम्मेबारी बोकेका प्रहरी प्रमुखले राजनीतिक घटनालाई राजनीतिक तवरले सामाधान गर्ने भन्दा पनि गठबन्धन भित्रका दलहरुको आकांक्षा पूरा गरिदिने हिसावले अगाडि बढिरहेका छन् । घटनाक्रमहरु हेर्दा लाग्छ सिन्धुलीका सिडिओ रमेश न्यौपाने र प्रहरीका एसपि विमलराज कडेल नै नेविसंघ वाईसियलका कार्यकर्ता हुन ।

आफ्नै मतहतको इलाका प्रहरी कार्यालयले पठाएको प्रतिवेदनमा उल्लेख नै नभएका र घटनामा संलग्न नै नभएका व्यक्तिलाई पक्राउ गर्न पटक पटक जिल्लाबाट प्रहरी परिचालन गर्ने, घर घेर्ने मनसिक तनाब दिने, फोन गरेर प्रहरी चौकि आउन दवाव दिने जस्ता काम प्रहरीले गरिरहेको छ र यि सबैमा सझोदार बनेर प्रहरीलाई साथ दिईरहेका छनै सिडिओ न्यौपाने । अझ निकटका व्यक्तहरुलाई प्रहरी चौकिमा ल्याए यति घण्टा भित्र पेश गरे केश मिलाइ दिन्छु भनेर व्यक्तिहरु पक्राउ गर्न व्यक्तिगत सम्बन्धको दुरुपयोग गर्ने र गठबन्ध दललाई खुशि पार्ने कार्यमा स्वयम प्रहरी प्रमुख एसिपि कडेल नै संलग्न हुनुले उनिहरुले दुधौली घटनामा सत्ता र शक्तिको चरम दुरुपयोगको नमुना पेश गरेको देखिन्छ ।

आरोपित पक्राउ गर्न व्यक्तिगत सम्बन्ध दुरुपयोग गर्दा मानबअधिकार एलाइन्सका जिल्ला अध्यक्ष दुर्गा पौडेल एसपि कडेको गलत कदमको विरुद्ध तीन दिन एसपि क्वाटरमै मामरण अनसन समेत बसेको घटनाले पनि यो कुरा पुष्टि गर्छ ।
निर्वाचनको क्रममा दुधौली २ मा मात्रै होइन अन्यत्र पनि झडपका घटनाहरु भए ।

कमलामाईन गरपालिका ९ भिमानमा भएको घटनामा चार जना एमाले कार्यकर्ता अस्पताल भर्ना भए, फिक्कल गाउँपालिका ३ खुरहरीमा भएको झडपमा एमालेका दुई जना कायकर्ता निर्बाचनका दिन भोट हाल्न नै आउन नसक्ने गरि अस्पताल भर्ना भए भने २२ वटा मोटरसाईकलमा गठबन्धनको तर्फबाट क्षति पु¥याउने काम भयो । पालिका अध्यक्षका एमाले उम्मेदबार पार्वति सुनुवार नै घाइते हुने गरि गठबन्धन दलले प्रहार ग¥यो । सुनकोशी गाउँपालिमा निर्वाचनका दिन दुईवटा बुथमा एमालेका एजेन्ट नै राख्न दिईएन ।

वडा नं. ६ को अमारे बुथलाई माओवादीले पूर्ण नियन्त्रणमा लिएर मतदान गराए, धुमाउने चैनपुरमा एमालेका एजेन्टलाई घाइते नै बनाईयो । बन्दीपुरको बुथमा सबैले भोट हाल्न पाएनन् । तर कहि कतै प्रहरी प्रशासनले एक्सन लिएन । प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि चुनावि अभियानमा फर्कि सकेका कांग्रेस कार्यकर्ताहरुको पक्षमा भने सिडिओ र एसपिले ज्यान फालेर एमाले सक्काउन काम गरिरहेका छन् । प्रहरी प्रसासनको यो दलिय छत्र छायामा भईरेको घिनलाग्दो गतिविधिले जिल्लामा थप झडप र अशान्तिको बातावरण नमित्याउला भन्न सकिदैन ।

झै झगडा र मनमुटाव मिलाउने प्रहरी प्रशासन नै आगोमा घिउ थप्ने र सामान्य विषयलाई थप जटिल बनाउने कार्यमा संलग्न हुनु दुर्भाग्यको कुरा हो । सत्ता र शक्ति क्षणिक हुन्छ । अहिले प्रहरी प्रशासनलाई आफू अनुकुल प्रयोग गर्न सकियो भनेर स्थानीय माथि दिर्घकालिन मनमुटाव र दुरी बढ्ने गरि गतिविधि गर्न संलग्न हुने गठबन्धन दलहरुको गतिविधि पनि खेदजनक नै छ । घटनालाई तत्काल बार्ता सम्बाद र क्षतिपूर्तिको हिसाव कितावबाट मिलाउन प्रहरी प्रशासन र सरोकारवालाहरुले भूमिका खेल्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार १७:५९