२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कांग्रेससँग बिकेको भन्दै वडा अध्यक्षमा निर्वाचित महर्जन माओवादीबाट निष्काशित


१३ जेठ, काठमाडौँ । नेपाली कांग्रेससँग बिक्री भएको भन्दै नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका एक नेतालाई निष्काशित गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ मा निर्वाचित भएका वडा अध्यक्ष राजेन्द्र महर्जनलाई माओवादीले पार्टीबाट निष्काशन गरेको हो ।

नगर कार्यपालिकाको चुनावमा महर्जनले पैसा नै लिएर कांग्रेसलाई सहयोग गरेको आरोप माओवादीले लगाएको छ । पैसाकै लेनदेन गरेर पार्टी निर्णय उलंघन गरेको भन्दै माओवादीले वडा अध्यक्षलाई पार्टीबाट निष्काशन गरेको स्रोतले जनाएको छ ।

माओवादीले महर्जन गरेको गतल निर्णयका कारण माओवादीले चाहेको नतिजा नगरकार्यपालिकाको निर्वाचनमा नआएको चन्द्रागिरी नगरकमिटीका अध्यक्ष देवकृष्ण महर्जन र इन्चार्ज गणेशबहादुर कुँवरले बिहीबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार बसेको चन्द्रागिरी नगरकमिटीको सचिवलय बैठकको निर्णय अनुसार महर्जनमाथि कारबाही गरिएको हो । साथै माओवादीले प्रदेश समिति सदस्य रविन्द्र रिजाल र नगर कमिटी सचिव नन्दकुमार महर्जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गर्नको लागि बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादीले चन्द्रागिरी नगरपालिकाको नगरकार्यपालिकामा नेकप एमालेसँग तालमेल गरी ४र४ सदस्य विजयी गराउने गरी उम्मेदवारी दिएको थियो । ८ जनाको कार्यपालिकमा दुबै दलले ५०र५० प्रतिशत भागवण्डा गरेर उम्मेदवारी दिएका थिए ।तर माओवादी नेताहरूले पैसामा बिकेर कांग्रेसका उम्मेदवारलाइ मतदान गरेको पाइएको छ । उनीहरूले पार्टी निर्णयविरूद्ध काम गर्दा कार्यपालिकामा कांग्रेसका ४ र माओवादी केन्द्रका ४ जना निर्वाचित भएका छन । राजेन्द्र महर्जन माथि एक करोड भन्दा बढी पैसा  लिएर पार्टी निर्णय उल्लघंन गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १३:२६