२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

स्थानीय चुनाव २०७९ः सर्वाधिक मत र मतान्तर दुबैमा एमालेकी सुनिता डंगोलको कीर्तिमान


१३ जेठ, काठमाडौँ ।  नेकपा एमालेकी सुनिता डंगोलले २०७९ को वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मत र मतान्तर पाउने कीर्तिमानी बनाएकी छिन ।

सुनिताले यो निर्वाचनमा सर्वाधिक मत अर्थात ६८ हजार ६ सय १२ मत प्राप्त गरिन । सुनिताले प्राप्त गरेको मत अन्य महानगरका उम्मेदवारले प्राप्त गरेको भन्दा धेरै हो । बहुपरिचय बनाएर राजिनामा आएकी सुनिताले मतान्तर पनि सबैभन्दा बढी बनाएकी छिन ।

सुनिताले ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका उम्मेदवारको भन्दा बढी मतान्तर नै बनाएकी छिन । ललितपुरको मेयरमा निर्वाचित कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७ सय २२ मत प्राप्त गरेका छन । जबकी सुनिताको मतान्तर नै ४४ हजार ८ सय ६ रहेको छ । सुनिताका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

पोखरा महानगरपालिकाको प्रमुखमा विजयी भएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरूङले ६० हजार ५ सय ४६ मत प्राप्त गरेकी छिन ।

भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी नेकप माओवादी केन्द्रकी रेणु दाहालले ५२ हजार ०२८ मत प्राप्त गरेकी छिन । उपप्रमुखमा विजयी नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८ सय ०३ मत ल्याएका छन ।

ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएक नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७ सय २२ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा विजयी नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले २५ हजार ०८४ मत प्राप्त गरेकी छिन ।

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा विजयी भएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४६ हजार २ सय १५ मत ल्याएका छन । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३० हजार ०७८ मत प्राप्त गरेका छन ।

विराटनगर महानगरपालिकाको प्रमुखमा विजयी भएका नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरेका छन । उपप्रमुखमा नेकप एमालेकी शिल्पा कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ०७:४३