२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

यस्ता पो मेयर ! धरानको खानेपानीको अवस्था बुझ्न मुहानमै पुगे हर्कराज साम्पाङ


११ जेठ, धरान । धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ धरानको खानेपानीको अवस्था बुझ्न मुहानमै पुगेका छन । उनले बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् ।

धेरै ठाउँमा पाँच दिनदेखि जनप्रतिनिधिहरू विजय जुलुश मनाउने र भतेर गरेर बसिरहेका छन तर यही मेसोमा हिजोमात्र मेयरमा विजयी भएका हर्कराज साम्पाङ पानीको अवस्था बुझ्न मुहानमै पुगेका हुन । मेयर साम्पाङले पानीको मुहानमा रहेका संरचनागत कमजोरी सुधार गरेर सरसफाइको काम गर्न निर्देशन दिएका छन ।

उनी आफैँ सरसफाइको काममा पनि सहभागी भए । उनले चुनाव अघि नै धरानवासीलाइ पानी खुवाउने आफ्नो एकमात्र चाहना र उद्देश्य रहेको बताएका छन । उनले ठूलो सरकारी गाडी नचढ्ने र आफ्नै पुरानो मोटरसाइल चढ्ने बताएका छन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार २१:२४