१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चुनावपछि पेट्रोलिय पदार्थमा दोस्रो पटक चर्को मूल्यवृद्धि , पेट्रोल, डिजेल र मट्टितेलमा १० रूपैयाँ बृद्धि


८ जेठ, काठमाडाैँ । पाँच दलीय गठबन्धनको सरकारले एक साताको बीचमै फेरि पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार २१:१८