१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

६४ मत गायब पारेर कांग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेपछि एमालेको उजुरी


६ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामै ६४ मत गायब पारेर कांग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेपछि एमालेको उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मत गणनामाका क्रममा निर्वाचन अधिकृतले ६४ मत गायब पारेर कांग्रेस उम्मेदवार विजयी भएको घोषणा गरेपछि नेकपा एमालेले उजुरी दिँदै न्यायका लागि अपिल गरेको छ ।

मतदान अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी घोषणा गरेका छन । उनले ६४ मत गायब बनाएर ढकाललाइ ५० मतको अन्तरमा विजयी घोषणा गरेका छन । एमालेका काठमाडौं महानगरका सचिव राजिव शाक्यले कूल मत ५ हजार ८ खसेको तर गणनामा ४ हजार ९ सय ४४ मात्र देखाएर ६४ मत गायब पारेर ५० मतले कांग्रेस उम्मेदवार विजयी गराएको बताए ।

ढकालले १ हजार ९ सय २१ मत ल्याएको घोषणा भएको थियो । यो मत एमालेका वडाध्यक्षका उम्मेदवार शिवराम राजबंशीको भन्दा ५० मत बढी हो। राजवंशीले १८७१ मत पाएका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार २१:०९