१८ आश्विन २०७९, मंगलवार | Wed Oct 5 2022

मलाई मात्र बेकारमा किन यस्तो हुन्छ ?

-जितेन्द्र विष्ट

घरि हिँडन खोज्छु शरीर र जमिन किन पराकम्पित हुन्छ
घरि आराम गरेर सुस्ताउन खोज्छु ह्रिदय किन धेरै रुन्छ ।

घरि नुहाउन बाथरुम छिर्छु सावरहरु किन छिट्टै खुल्दैनन
घरि बाहिर निस्कन्छु म सँग किन कोहि खुलेर बोल्दैनन ।

घरि घरबाहिर बरन्डामा निस्कन्छु किन अँध्यार‍ो देख्छु
घरि सम्झनर सम्झाउन खोज्छु कमजोरिहरु किन लेख्छु ।

घरि किचनमा छिरेर केहि खान खोज्छु स्वाद किन पाउँदिन
घरि निरास हुँदै सोच्छु अब यो फोहोरि खेलमा आउँदिन ।

घरि पानी पिउन खोज्छु गिलाँस रित्तियको पत्तो हँदैन
घरि मन शान्त पार्न बाहिर निस्कन्छु कहिँ कसैले छुदैन ।

घरि बेडरुममा गएर पल्टन्छु बिझाउँन थाल्छन डस्नाहरु
घरि यताउता भौतारिँदै खोज्न थाल्छु खुशि पार्ने बास्नाहरु ।

घरि कहिले कबिता लेख्न थाल्छु छक्क पर्छु किन बन्छ कथाहरु
घरि कथा लेख्न थाल्छु कबित बन्छ किन बल्झन्छन ब्यथाहरु ।

घरि गित गुनगुनाउन थाल्छु बर्बराएको कमेडि पो बन्छ
घरि एैनामा अनुहार हेर्न जान्छु अनुहार बिग्रिएको छ भन्छ ।

घरि टेलिभिजन हेर्न जान्छु भित्तामा स्क्रिन घुमिरहेको देख्छु
घरि मोबाईलमा फेसबुक चलाउन खोज्छु स्टाटस पो लेख्छु ।

घरि पत्रिका पढन खोज्छु आँखाले चस्मा मागिरहेको देख्छु
घरि पुस्तक पढन खोज्छु पढन छोडेर एक्कासि कमेडि लेख्छु ।

घरि पेट पोलेको जस्तो घरि टाउको फुटन लागेको जस्त‍ो हुन्छ
घरि जालझेल , तमासा र फोहोरि खेल देखेर ह्रिदय रुन्छ ।

घरि परिवारसँग गफ गर्न खोज्छु आँखा तरिरेको देख्छु
घरि अबत अति भयो भन्दै कपि कलम लिएर दैनिकि लेख्छु ।

घरि घात अन्तर्घात गरे राजनीतिमा अपराध गरे भन्छु
घरि सोच्छु फोहोरि खेल छोडेर सामजिक अभियान्ता रन्छु ।

घरि सोच्छु उसले मलाई हराय‍ो मैलै पनि उसलाई हराएँ
घरि हार्न र हराउने खेलमा कोहि नलागौँ भनेर धेरै कराएँ ।

घरि सोच्छु अब यति धेरै कुरा खेल्न र खेलाउन हुन्न
घरि सोच्छु राजनीति भन्ने कुरा अब कहिले छुन्न ।

घरि सोच्छु मैले जति कराए पनि कुरा कस्ले सुन्छ
घरि सोच्छु मलाई मात्र बेकारमा किन यस्तो हन्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १५:५६