१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनकाे मुल्य बढ्यो, प्रतितोला कति ?


५ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १२:१०