१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

काठमाडौंमा राप्रपाको उदय: शंखरापुर नगरपालिकाको प्रमुखमा राप्रपाका रमेश नापित विजयी


४ जेठ, काठमाडाैँ । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ ।

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०७:००