२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

यो चुनावमा नुवाकोटको पहिलो महिला वडा अध्यक्ष बनिन् बेलकोटगढीकी काैशिला पुडासैनी


३ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । अघिल्लो चुनावमा पनि भारी मतले विजयी माओवादी यो पटक पनि वडा नम्बर ३ मा त्यस्तैगरी विजयी भएको छ ।

उनी नेकपा माओवादी केन्द्रकी नेतृ हुन । वडा नम्बर ३ माओवादी केन्द्रको आधार इलाका हो । माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेकी कौशिला पुडासैनी ८९६ मतसहित विजयी भइन ।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश अधिकारीले ७३४ मतमात्र प्राप्त गरे । एमालेका होमबहादुर सुवेदीले २७७ मत प्राप्त गरेका छन । पुडासैनी यो निर्वाचनमा नुवाकाेटबाट वडा अध्यक्षमा निर्वाचित पहिलो महिला समेत भएकी छिन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १४:४३