१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

रामाराेशनमा कांग्रेसका साउद विजयी


२ जेठ, अछाम । अछामकाे रामाराेशन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले आधार क्षेत्र दाबी गर्दै आए पनि यसपटक रामाराेशनमा कांग्रेसका मानबहादुर साउद ३१ सय २७ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छिन्हु । बुढा तीन हजार २८ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छिन् ।

२०७४ सालकाे स्थानीय तह निर्वाचनमा रामाराेशन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष माओवादी केन्द्रले जितेकाे थियाे । माओवादी सशस्त्र द्वन्द्वबाट रामाराेशन क्षेत्र निकै नै बढी प्रभावित बनेकाे थियाे ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १६:०३