२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

गठबन्धनलाई भारी मतान्तरले पराजित गर्दै प्यूठानको सरुमारानी ६ मा एमालेको प्यानल नै विजयी


३१ वैशाख, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगरमको प्यानल नै भारी मतान्तरमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका छन् ।

उनीहरुबीच मतानतर २ सय ५२ भएको छ । सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे र खड्क बहादुर महरा विजयी भएका छन् । यहाँ एमालेविरुद्ध सवै दल मिलेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:५९