२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

प्यूठानको सरुमारानी गाउँपालिकामा एमालेको तेब्बर मतको अग्रता


३१ वैशाख, प्यूठान । सरुमारानी गाउँपालिका प्यूठानमा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् । उनीहरुबीच ४ सय २ मतेको मतान्तर छ ।

उपाध्यक्षमा एमालेकी बसन्ता खड्काले ६ सय ४० र नेकपा माओवादीका गुप्त बहादुर रानाले २ सय ६९ मत लिएका छन् । उपाध्यक्षमा ३ सय ७१ को मतान्तर छ । यहाँ कांग्रेस र माओवादीको गठवन्धन छ । यो मतपरिणाम वडा नम्वर ६ को ९ सय ४० मत गणनाको हो । सरुमारानीमा कुल ८ हजार ९ सय ९४ मत खसेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:०८