२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नुवाकोटमा गठबन्धनले २० भोटका लागि दुई लाख तिरेको प्रमाण भेटियो


३१ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा सत्तारूढ  दलहरूको गठबन्धनले २० मत(भोट)का लागि दुई लाख रूपैयाँ तिरेको अडियो सार्वजनिक भएको छ । बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैसाको डिल गरेर फाइनल गरेको अडियो सार्वजनिक भएको हो ।

संवादमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफूले बिहानको राति नै दुई  लाख रूपैयाँ घरमै पुर्याइदिने बताएका छन । उनले वडा अध्यक्षका उम्मेदवार ढुंगानानै आउँदा शंका हुने भन्दै पैसा बोकेर आफैँ आउने बताएका छन । बेलकोटगढी १ मा वडामा नेकपा एकीकृत समाजवादी र माओवादीको तालमेल रहेको छ भने नगरपालिकाको नेतृत्वमा तीन दलको तालमेल रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:४८